३८.८३ अंकले घट्यो नेप्से, २ अर्ब ३१ करोड २७ लाखमाथिको कारोबार

साताको कारोबारको चौथो दिन आज(बुधबार) सेयर बजार गतेको छ । आज नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२८ अंकले घटेर ३५३.४३ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६२ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३१ करोड २७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आजको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ।
कारोबारको आधारमा आज ३४ करोड २८ लाखभन्दा बढीको कारोबार गरी प्रभु बैंकको प्रमोटर सेयर अग्रिम स्थानमा रहेको छ भने दोस्रोमा शिभम् सिमेन्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्।
आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र माई खोला हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, युनिलिभर नेपाल र एसियन हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।