नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।
लघुवित्तको १५ प्रतिशत दरका कुल २ लाख ५५ हजार ६५५ कित्ता बोनश शेयर सूचिकृत भएको हो । उक्त बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।