२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

भूकम्प प्रभावित क्षेत्रमा जाने राहत निःशुल्क ढुवानी गर्दै बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले जाजरकोट–रुकुम क्षेत्रमा भूकम्प प्रभावित स्थानमा लगिने राहत सामग्री निःशुल्क ढुवानी गर्न थालेको छ। सरकारको राहत कोषमा जम्मा भएको १ टन भन्दा राहत सामग्री प्रभावित क्षेत्रमा ढुवानी गरेको बुद्ध एयरले जनाएको छ ।

आज बुद्ध एयरबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट तथा रुकुम पश्चिम जिल्लाका पीडितका लागि सो क्षेत्र लान लागिएको ६५२ केजी खाद्यान्न, लत्ताकपडा सहितका राहत सामग्रीलाई काठमाडौंबाट सरकारले तोकेको नेपालगञ्ज डिपोमा निःशुल्क ढुवानी गरेको बुद्ध एयरले जानकारी दिएको छ ।

यस्तै, सरकारले तोकेको मुख्य डिपो सुर्खेतबाट ८९६ केजी राहत सामग्री प्रभावित क्षेत्रमा निःशुल्क ढुवानी गरी सरकारलाई सहयोग गरेको एअरले जानकारी गराएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com