२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

शेयर बजारमा उत्साशपूर्ण सुधार, सबैभन्दा बढी कारोबार कुन कम्पनीको भयो ?

काठमाडौं, २८ जेठ । साताको पहिलो कारोबारको दिन शेयर बजारमा उत्साशपूर्ण सुधार भएको छ । आजनेप्से परिसुचक ४० दशमलव ४८ अंकले वृद्धि भएको छ । आज नेप्से परिसुचक २ प्रतिशतले बढेर १९८० विन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १० अंकले सुधार भएको छ । आज दिनभर भएका ६१ हजार ४ सय ५० कारोबारबाट २ सय ७५ कम्पनीका ९५ लाख २८ हजार २ सय ५५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज दिनरमा भएको सम्पूर्ण कारोबार रकम ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५ सय ६३ पुगेको छ ।

सबैभन्दा धेरै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य २४५ रुपैयाँ कायम भएको छ ।

यसैगरी सिटि होटलको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य १२२ रुपैयाँ कायम भएको छ । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर भने ८.७० प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ३२५ रुपैयाँ कायम भएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com