२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।सअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४७ रूपैयाँ १९ पैसा र बिक्री दर १४७ रूपैयाँ ८६ पैसा कायम गरिएकाे छ ।
हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ०२ पैसा र बिक्री दर १३१ रूपैयाँ ६२ पैसामा तथा युरो एकको खरिद दर १४६ रूपैयाँ३७ पैसा र बिक्री दर १४७ रूपैयाँ ०४ पैसामा काराेबार भएकाे थियो ।    

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ९७ पैसा र बिक्री दर १७२ रूपैयाँ ७४ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१  रुपैयाँ रहेको छ भने बिक्री दर ९०.९१  रुपैयाँ  , क्यानेडियन डलर एकको खरिददर  ९९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४३ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया  वन १०० को खरिदमा १० रूपैयाँ ३४ पैसा र बिक्रीदर  १० रूपैयाँ ३९ पैसामा किनबेच हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९८ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१२ रुपैयाँ तथा मलेसियन रिंगिट  एकको  खरिद  दर२८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१२ रुपैयामा काराेबार गर्न सकिने जनाएकाे छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com