श्रमिकको लागि आत्मनिर्भर लघुवित्तको आईपीओ

आत्मनिर्भर लघुवित्तले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २० हजार ३३८ कित्ता आईपीओ जारी गर्ने भएको छ। प्रतिकित्ता १ सय रुपैयाँ अंकित मुल्यमा २० लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न लाएको हो।
न्युनतम १० कित्तादेखी अधिकतम १ हजार कित्ताका आवेदन दिन सक्ने सो आइपिओमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्ने छ।
उक्त आईपीओ संस्थाले सर्बसाधारणको लागि छुत्याइएको २.६२५ प्रतिशतले हुन आउने कुल २ लाख ३ हजार ३८० कित्तामा १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।