झुन्डिएको अवस्थामा युबक र युवतीको शब फेला

झापाको कचनकवल-४ मा युवक र युवतीको झुण्डिएको अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एभरेस्ट चिया बगानको रुखमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।
मंगलबार बिहान उनीहरुको शव फेला परेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । गत साउन पनि कचनकवल-५ स्थित सुनकोसी चिया बगानमा एउटै रूखमा झुन्डिएको अवस्थामा तीन किशोरी शव फेला परेको थियो।