२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

आत्मदाह प्रयास गरेका आचार्यको निधन

संसद् भवनअगाडिकाे सडकमा मंगलबार आफैँलाई आगाे लगाएका इलामका प्रेमप्रसाद आचार्यकाे निधन भएकाे छ । उनकाे कीर्तिपुर अस्पतालमा आज बिहान ५ बजे निधन भएकाे हाे ।

मंगलबार अपराह्न सामाजिक सञ्जालमा देशमा बाँच्न सक्ने अवस्था नरहेकाे भन्दै बिलाैना पाेखेका उनले त्यसपछि संसद् भवनअगाडि पुगेर आफ्नै शरीरमा आगाे लगाएका थिए ।

प्रहरीले उद्धार गरेर उनलाई २० मिनेटभित्रै अस्पताल पुर्‍याएकाे थियाे । चिकित्सकहरूले आचार्यकाे शरीरकाे ८० प्रतिशत भाग जलिसकेकाे बताएका थिए ।

आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. ताेसिमा कार्की अस्पताल पुगेकी थिइन् । त्यतिबेला आचार्य बाेल्न सक्ने अवस्थामा थिए । राज्यमन्त्री कार्कीलाई पनि आचार्यले देशमा कसैले पनि बाँच्ने वातावरण नराखेकाे गुनासाे गरेका थिए ।

उनले आफूलाई भेट्न गृहमन्त्री रवि लामिछानेलाई पनि पठाइदिन आग्रह गरेका थिए । ‘बिहान ५ बजे उहाँकाे निधन भयाे’, अस्पतालका एक चिकित्सकले भने । आचार्यले आत्मदाह प्रयास गर्नुअघि फेसबुकमा साढे ६ हजार शब्दको स्टाटस लेखेका थिए । जसमा उनले जीवनमा पाएका हण्डर र ठक्कर उल्लेख गरेका छन् । उनले आत्मवृतान्त लेख्दै गर्दा अस्तव्यस्त मुलुकमा एउटा व्यवसायीले भोगेको पीडा बाहिर आएको छ ।

३६ वर्ष पार गर्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हासिल गर्न नसकेको र देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा र उद्योग चलाउँदा भोग्नुपरेका समस्या र ती समस्याहरूबाट पाएको ठक्करका चाेटहरू उतारेका थिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com