२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

लियो क्लब अफ पोखरा फरक अभियानको अध्यक्षमा दिप्चल बराल निर्बाचित

लियो क्लब अफ पोखरा फरक अभियानको अध्यक्षमा बराल निर्बाचित हुनु भएको छ । अन्तराष्टिय सामाजिक संस्था लियो डिस्ट्रीक ३२५ आई नेपाल अन्तर्गत लियो क्लब अफ पोखरा फरक अभियानको बर्ष २०२३/२४ को अध्यक्षमा दिप्चल बराल निर्बाचित हुनु भएको छ ।

पोखरा ड्यामसाईडमा भएको लियो क्लब अफ पोखरा फरक अभियानको तेश्रो अधिवेशनबाट शत प्रतिशत मत प्राप्त गरेर बराल अध्यक्ष मा निर्बाचित घोषणा हुनु भएको हो ।

बरालले अघिल्लो कार्यकालमा उपाध्यक्ष को पदमा रहेर काम गर्नु भएको थियो।

उक्त क्लबको प्रथम उपाध्यक्षमा लियो सन्दिप लामिछाने निर्बाचित हुनु भएको छ भने दित्तिय उपाध्यक्षमा लियो सागर आचार्य निर्बाचित हुनु भएको छ सचिबमा लियो आशिष केसि र कोषाध्यक्ष मा लियो पुजन भट्टराई मनोनित हुनु भएको छ ।

क्लबले पुराना दिनहरुमा अशक्त तथा गरिबिलाई खाध्यन्न बितरण, बृद्दाआश्रममा सहयोग, बृक्ष्यारोपण , रक्तदान तथा सरसफाई अभियान कार्यक्रम गर्दै आएको थियो र बरालले यो कार्यकालमा पुराना कामलाई निरन्तरता दिदै थप सामाजिक काम गर्ने बताउनु भयो । सोहि क्लबको संस्थापक अध्यक्ष लियो बिबेक सापकोटा र बर्तमान अध्यक्ष लियो बिजय खनाल रहनु भएको थियो लियो क्लब सल्लाहकार बिजेन्द्र श्रेस्ठ को पनि उपस्थिति थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com