यस्तो रह्यो आजको सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज(शुक्रबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार आज सुनको मूल्य प्रति तोला ८ सय रुपैयाँले बढेर १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ भने चाँदीको मूल्य भने यथावत रही प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।