२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

आजदेखि घट्यो बैंकहरुको ब्याजदर, कुन बैंकमा कति ?

वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएकाे ब्याजदर आजदेखि लागू भएकाे छ। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, बिकास बैंकर्स्, नेपाल वित्तीय संस्था संघले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरे अनुसार बुधवारवाट लागु भएकाे हाे।

चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भए अनुसार ब्याजदर घटाइएको संघका अध्यक्ष सुनिल केसीले बताए। ‘सबै संस्थाको निर्णय अनुसार चैत १ गते देखि लागू हुने गरी ब्याजदर घटेकाे छ’ उनले भने।

जसअनुसार बैंकहरुले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकामा अब एक प्रतिशत घटेर आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर कायम भएको छ। यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् भने यसअघि साधारण बचतमा न्यूनतम ६ ४२ देखि अधिकतम ८४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो भने मुद्दती निक्षेपको ब्याजदर भने स्थिर छ, हालसम्म बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन्।

संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्धती खातामा १२ प्रतिशत नयाँ ब्याजदर तोकिएको छ। यसैगरी विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ भने एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरेको छ।

यसैगरी, चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा ९.६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.१० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत ब्याजदर दिनेछन्।उता, नेपाल वित्तीय संस्था संघ (फाइनान्स) ले मुद्धती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ।

संघले तीन महिना माथिको निक्षेपको ब्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरे अनुसार चैत १ गते देखि लागू हुने गरी ब्याजदर घटाएको हो। फाइनान्स कम्पनीहरुले एक वर्षको मुद्धती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम भएकाे छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com