२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

किन रोक्का भयो यी तीन कम्पनीको सेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ। नेप्सेले मर्जरपछिको एकीकृत कारोबार प्रयोजनार्थ सेयर कारोबार रोक्का गरेको हो।

यी तीनै कम्पनी १ः१ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। मर्जरपछि यी तीनै कम्पनीले ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत जीवन बीमा व्यवसाय सुरु गर्दैछन्।

यी कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते र बिमा प्राधिकरणले वैशाख १३ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com