२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ चैत १९ देखि खुला

मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गतेदेखि सर्बसाधारणको लागि १४ लाख ४९ हजार ४ सय कित्ता आईपीओ बिक्री खुला गर्ने भएको छ। उक्त आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला हुने भएको हो।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने सो आईपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने भएको छ।

यस आईपीओ लगानीकर्ताले चैत्र २२ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा लगानीकर्ताले वैशाख ३ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com