२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ। संस्थापक सेयरधनी कुनाल कयालको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।

यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यो अवधिमा संस्थापक सेयरधनीहरु कुनै खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण र संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com