२०८१ बैशाख २० - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २०
Thu May, 2024

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय आयोग गठन गर्ने लगायतका विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त सात दलका शीर्ष प्रतिनिधिलाई बैठकमा बोलाएका हुन् ।

तर, चाडपर्वको मुखमा सरकारले उच्च मूल्य वृद्धि गरेको भन्दै रास्वपाले त्यसको विरोध गरेको छ । रास्वपाले उक्त बैठक बहिस्कार गर्ने रास्वपा सभापति रवि लामिछानेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराए ।

उनले फेसबुकमा लेखेका छन्, ‘‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रम बारे जानकारी दिनेछौं।’’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com