२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख ७
Fri Apr, 2024

विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, १९ जेठ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चेतावनी दिएका छन् । अस्पताल सञ्चालनको स्वीकृति लिँदा नै गरिएको निःशुल्क उपचारका लागि १० प्रतिशत शय्या छुट्याउने सम्झौतानुसार नै उपचार उपलब्ध गराउन मन्त्री बस्नेतले निर्देशन दिए ।

शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडियकेयर अस्पतालको अनुगमनका क्रममा मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीको निःशुल्क उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पतालहरुलाई कारबाही गर्ने बताएका हुन् ।

सम्झौताअनुसार सेवा नदिएकाहरुलाई कानूनी परिधिभित्र रहेर कारबाही गर्ने मन्त्री बस्नेतले चेतावनी दिए । उनले मन्त्री, सांसद वा नेताले सिफारिस गर्दा बेड पाउने नभए नपाउने अवस्थाको अन्त्य गर्ने बताए । मन्त्री बस्नेतले एक आर्थिक वर्षमा विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण बुझाउनसमेत निर्देशन दिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com