२०८१ बैशाख १० - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १०
Mon Apr, 2024

सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाका सम्बन्धमा उजुरी माग

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत संसदीय सुनुवाइ समितिमा शुक्रबार सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि टुंगो लागेका ६ जनाका सम्बन्धमा उजुरी माग गर्ने बारेमा छलफल भएको छ ।

समितिको बैठकमा न्यायाधीश पदमा नियुक्त शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र वरिष्ठ अधिवक्ताको पदका लागि नियुक्त सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालका विषयमा छलफल भएको हो ।

सुनुवाइ समितिको बैठकले न्यायाधीशमा प्रस्तावित व्यक्तिका नियुक्तिको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन गर्न समितिसचिवलाई निर्देशन दिएको छ । संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को नियम २६ तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १३ बमोजिम उक्त निर्देशन दिएका हुन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com