२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार कित्ता सेयर लिलामीमा आउने

काठमाडौ, १५ असोज । मल्टीपर्पस फाइनान्स कम्पनीले बिक्री खुला गरेको ३५ प्रतिशत हकप्रद सेयर असोज १२ गते बाँडफाँट भएको छ । यस कम्पनीले १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १४ लाख ३९ हजार २२७ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा १ लाख ४२ हजार ७७३ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ ।

बिक्री नभएको बाँकी सेयर मल्टीपर्पस फाइनान्सले अब लिलामीमा ल्याउनेछ । यस कम्पनीले भदौ १० देखि ३१ गतेसम्म १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com