२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

आईपीओ निष्काशन गर्दै नेपाल वेयरहाउजिङ्ग कम्पनी

काठमाडौं । आगामी मंसिर १० गतेदेखि नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यस अघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन गरि बाँडफाँट गरिसकेको छ।

कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

जसमध्य कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ।तेस्तै २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका र ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।यस बाँडफाँट पछि बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर कम्पनीले १०० रुपैयाँका दरले अब सर्वासाधरणलाई खुलाउने भएको हो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com