२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

एमाले कोशी प्रदेशको उदघाटन आज, अध्यक्ष ओलीले सम्बोधन गर्दै

काठमाडौं, १२ असोज । धमाधम प्रदेश अधिवेसन गरिररहेको नेकपा एमालेको कोशी अधिवेसन आजबाट सुरु हुँदैछ ।आजबाट सुरु हुने कोसी प्रदेश अधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन ।

आज र भोलीसम्म चल्ने भनिएको कोशीमा अधिवेशनको उदघाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागीता रहनेछ ।

आज देखी सुरु हुने अधिवेशनमा कोशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाईएको छ । सो अधिवेशनले ५ जना पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com