२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौ, २० असार । सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनी तारा बिष्टको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो। यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकी खरिद आवेदन दिनुपर्नेछ।

यसअघि ३५ दिने सूचना जारी गर्दै बैंकले उक्त सेयर संस्थापक समूहका लागि बिक्री खुला गरेको थियो। तर, संस्थापक सेयरधनीहरुबाट कुनै खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका सेयर बिक्री खुला गरेको छ। इच्छुक लगानीकर्ताले ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com