२०८१ बैशाख १० - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १०
Mon Apr, 2024

आमाको महिमा वर्णन गरिएको ‘आमा तिम्रो तस्विर दैलैमा’ मा हेमन्त र रमा

काठमाडौं, २७ असोज । आमाको महिमा वर्णन गरिएको ‘आमा तिम्रो तस्विर दैलैमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा स्वर गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको   रहेको छ भने शब्द तथा संगीत खिमा नन्द खरेलको रहेको छ ।

गायक हेमन्त कान्छाकै एरेन्ज रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ । भिडियोमा गायक हेमन्त कान्छा , रमा थपलिया र बाल कलाकार इभान चैसीयारको मर्म स्पर्शी अभिनय देख्न सकिन्छ ।

भिडियोमा आमाको निधन भएपछि एक्लिएको छोराले हरेक सुख दु:खमा सम्झनाका तरेलीमा डुब्दै आमासँग बिताएका ति क्षणहरुलाइ भावनात्मक शैलीमा देखाइएको छ । आमाको   अल्पायुमानै निधन भएपछि छोराले गरेका प्रगतिलाई आमाले देख्न नपाएको कुरालाई मार्मिक तरिकाले उठाइएको छ । जसको निर्देशन हेमन्त कान्छाले गरेका हुन् । भिडियोको सम्पादन पदम सुबेदीले गरेका हुन् भने छायांकन किरण चौसीयारले गरेका हुन् ।

भिडियो लिंक https://youtu.be/yjC_EsMRANE

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com