२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

अरुण भ्याली हाइड्रोपावरले मंगलवार बुक क्लोज गर्ने

काठमाडौ, २९ जेठ । अरुण भ्याली हाइड्रोपावरको असार ७ गते विशेष साधारण सभा बस्ने भएको छ । सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदै छ । विशेष सभा प्रयोजनका लागि मंगलबार बुक क्लोज गर्नेछ । सोमबारसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र पथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । कम्पनीले यसअघि नै १०० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ ।

हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणका लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ ।

यस्तै, अरु बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग हुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com