२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच झडप

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवासंघका कार्यकर्ता पुगेपछि झडप भएको छ । कालिमाटीतर्फबाट तीनकुने जान लागेका युवासंघका कार्यकर्ता बल्खुस्थित पुलमा पुगेपछि दुई समूहको बिचमा ढुङ्गा हानाहान भएको हो ।

युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थक बिच मुठभेड भएसँगै प्रहरीले माइकिङ गरेर युवा संघका कार्यकर्तालाई त्यहाँबाट हटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्न भनेको छ । दुई पक्षको बिचमा ढुङ्गा हानाहान हुँदा केही मोटरसाइकल र गाडीमा क्षति पुगेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com