२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

 देशका विभिन्न स्थानबाट  लागुऔषधसहित १० जना पक्राउ

काठमाडौं, १ साउन । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । कैलालीकाे, गोदावरी नगरपालिका-१ मनहेरास्थित ग्यारेजबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्रामसहित सोही ग्यारेजमा काम गर्ने ३० वर्षीय असलम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

टीकापुर नगरपालिका-८ कर्मिडाँडाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १९ मिलिग्राम प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले से.३ प ३१८ नम्बरको मोटरसाइकल वेबारिस अवस्थामा फेला पारी जाँच गर्दा मल्टिप्लकभित्र लुकाई राखेको अवस्थमा उक्त पदार्थ बरामद गरेको हो ।

बर्दियाकाे मधुवन नगरपालिका- ९ गाउँ नम्बर १२ स्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ ४० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय समिर गुरुङ र सोही नगरपालिका-८ गाउँ नम्बर ६ बस्ने २९ वर्षीय जीवन खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरीकाे इटहरी उपमहानगरपालिका-७ बस्ने दिपक बिक्रम साह समेत ४ जनालाई अवैध लागूऔषध गाँजा १ कोलो ५ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।  दिपकको घरमा लागूऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा काशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गाँजा बिक्री गर्दै गरेका दिपक र खरिद गर्न आएका अन्य ३ जना समेतलाई पक्राउ गरेको हो ।

मोरङकाे विराटनगर महानगरपालिका-५ विशाल चोक बस्ने ४२ वर्षीया मिना देवी साहलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ३ सय ५० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो घरमा लागुऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय खटिएको प्रहरीले घर तलासी गर्दा उक्त गाँजा बरामद गरी उनलाई पक्राउ गरेको हो । हाल फरार उनकै श्रीमान दिनेश साहको प्रहरीले खोजी गरिरहेको छ ।

सुर्खेत, भेरी गंगा नगरपालिका-५ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्रामसहित वीरेन्द्रनगर नगरपालिका-२ बस्ने ३० वर्षीय दिपेन्द्र रोकाय समेत २ जनालाई प्रहरीले पक्राउ गरेको  छ । अस्थाई प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.५ प २८६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com