२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

नेपालमा वित्तीय सहकारीको लागि छुट्टै ऐन ल्याउनुपर्छ : अध्यक्ष पौडेल

काठमाडौं, ३२ साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले नेपालमा वित्तीय सहकारीको लागि छुट्टै ऐन ल्याउनुपर्ने बताएका छन् । आज काठमाडौंमा नेफ्स्कुनको ३६ औं बार्षिकोत्सव समारोहमा पौडेलले नेपालको सहकारीको हालको अवस्थालाई सम्बोधन गर्न वित्तीय सहकारीलाई छुट्टै ऐन मार्फत सम्बोधन नगरेसम्म नेपालको सहकारी अभियानको विकास हुन नसक्ने धारणा राखे ।

उनले भने,‘वित्तीय सहकारीको छुट्टै ऐन नआइकन नेपालको सहकारी अभियानले गति लिन सक्दैन् । वित्तीय सहकारीको छुट्टै ऐन आउन जरुरी छ ।’अध्यक्ष पौडेलले सबैलाई एउटै ऐनमा समेटेर भन्दा सहकारीको प्रकृतिको आधारमा कानूनी सम्बोधन गर्न जरुरी भएको पनि बताए ।

‘उत्पादन र सेवामा जोडिएका सहकारीहरु र वित्तीय सहकारीको बिचमा भिन्न ढंगले उपचार र सम्बोधन गर्न जरुरी छ,त्यो भयो भने मात्रै हामी अगाडि बढ्न सक्छौ,’ पौडेलले भने। अध्यक्ष पौडेलले वित्तीय क्षेत्रको निगरानी र अनुगमनलाई प्रभावकारी बनाउँन आवद्धता र निष्कासन अभियानलाई दिनुपर्ने चुनौती सहकारीको वित्तीय क्षेत्रमा रहेको उल्लेख गरेका छन् ।

उनले हाल सहकारी क्षेत्रको परिस्थिति र मनस्थितिले दुबै कमजोर बनेको र सहकारी क्षेत्रलाई फेरि उठाउने भन्दै त्यसका लागि आन्तरिक रणनीति र कानूनी संहिताको कडा रुपमा पालना गर्नुपर्ने बताएका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com