२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

रावा इनर्जी डेभलपमेन्टको आईपीओ बाँडफाँट

काठमाडौं, ३० जेठ । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँट सम्पन्न गरेको हो ।

कम्पनीको आइपीओमा मागभन्दा १४.८९ गुणा बढीले आवेदन दिएका थिए । आइपीओमा ११ लाख ६५ हजार ५२६ जनाले १ करोड २७ लाख ६१ हजार ४८० कित्ताका लागि आवेदन दिएका थिए । जसमा १ लाख ७ हजार ४ सय ४६ जनाको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो। जसमा ६४ हजार ३६६ जनाले मात्र १०.१० कित्ताका दरले आइपीओ प्राप्त गरेका छन् । जसमा ७ जना आवेदकले थप १ का दरले ११ कित्ता प्राप्त गरेका हुन् । बाँकी ११ लाख आवेदकको हात भने रित्तो भएको छ ।

कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com