२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

आँखा पाक्ने रोगबाट लमजुङमा २ हजार ७३३ जना संक्रमित

काठमाडौ, ३१ साउन । विगत केही दिनयता लमजुङमा पनि आँखा पाक्ने रोग तिब्र रुपमा फैलिएको छ । जिल्लाका ८ वटै पालिकामा गरी २ हजार ७३३ जना आँखा पाक्ने रोगको संक्रमणबाट ग्रसित भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार मगंलबारसम्म सबैभन्दा धेरै सुन्दरबजार नगरपालिकामा ९१२, मध्यनेपाल नगरपालिकामा ४५७, राइनास नगरपालिकामा ४०८ बेसीशहर नगरपालिकामा २५०, मर्स्याङ्दी गाउँपालिकामा ५३५, दोर्दी गाउपालिकामा ९३ जना, क्होलासोथारमा ५३ जना र दुधपोखरी गाउँपालिकामा २५ जनामा संक्रमण फेला परेका छ ।

जनस्वास्थ्य कार्यलय लमजुङका जनस्वाथ्य निरीक्षक दिपक बम्जनका अनुसार आँखा पाक्ने रोगले बृद्धबृद्धा देखि बालबालिका सम्मलाई प्रभावित बनाएको छ । कुन उमेरका कति संक्रमति भनेर तत्थ्याङक नभएपनि विषेशगरी बालकालिका धेरै प्रभावित भएका छन् । विद्यालयमा रहँदा समूहमा बस्ने हुँदा बालबालिकामा धेरै संक्रमण भएको बताइएको छ । अधिकाशं बालबालिकामा आँखा पाक्ने समस्या बढेपछी लमजुङका केहि विद्यालय बन्द गरिएको छ ।

आँशुको माध्यमबाट सर्ने यो संक्रमण संक्रमितको हातबाट अरुको हात हुँदै आँखासम्म पुग्ने गरेको देखिएको छ । त्यस्तै संक्रमितका रुमाल, तौलिया, सिरानीजस्ता सामान अरुले प्रयोग गर्दा पनि संक्रमण सर्ने गरेको, फैलिने गरेको चिकित्सकहरुको भनाइ छ । भाइरल कन्जन्टीभाइटीसको लक्षण देखिन चारदेखि १२ दिन लाग्छ ।

यो अवधिमा आँखामा कुनैपनि समस्या देखिए आफैँ औषधि लगाउनुभन्दा पनि विशेषज्ञको परामर्श लिनुपर्ने चिकित्सकको भनाई छ । संक्रमणबाट बच्न आँखालाई समय समयमा सफा पानी वा कटनले पुछिरहने, भीडभाड भएको ठाउँमा नजान र पटक–पटक हात धुने गर्न चिकित्सकको सुझाव छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com