२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं २९ साउन ।संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण साउन १० गते देखि बैठक सुचारु हुन सकेको छैन ।

एमालेले सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संघीय संसद् अवरोध गर्दै आएको छ । आजको बैठक पनि सुचारु हुने सम्भावना कम रहेपनि संसद सचिवालयले आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची राखेको छ ।

त्यस्तै,बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने, कांग्रेस सांसद सुनील कुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराउने, बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने, विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत विविध कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com