घट्यो सुनको मूल्यः कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, २१ जेठ । आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा गिरावट आएको छ । आज सुनको मुल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६ सय रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रवार सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावपाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।