२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

सानिमा बैंक र सिवाईसी नेपाल लघुवित्त नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको सेयर सूचिकृत भएको छ। सानिमा बैंक र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको १ करोड १६ लाख ९२ हजार ३०२.८४ कित्ता सेयर सूचिकृत भएको हो।

सानिमा बैंकको १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता बोनस सेयर नेप्से सूचीकृत भएको छ। यो बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यसैगरी सिवाईसी नेपा लघुवित्तको ३ लाख ६४ हजार ९२५.५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com