२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट मिति तय

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आइपिओ मङ्सिर १९ गते (मंगलबार) बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार कम्पनीको आइपिओ मङ्गलवार बाँडफाँड गरिने मिति तय भएको हो ।

मङ्सिर ८ गतेदेखि १२ गतेसम्म निष्कासन खुला गरेको कम्पनीको आईपीओमा १३ लाख २२ हजार ९५४ जनाले १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरू र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्कासन खुला गरेको थियो ।

सर्वसाधारणका लागि छुट्टाइएको शेयर १ लाख १४ हजार ८ सय जनाले १०–१० कित्ताका दरले पाउने छन् । कम्पनीले बेबोनबाट जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपियाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com