२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौं, २० असार । काठमाडौं र झापाबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका–८ पाँगा चारघरे बस्ने ४५ वर्षीय जयगणेश महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–५ भत्केकोपाटी बस्ने ४२ वर्षीय रामशरण बोम्जन समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १७ हजार ९ सय ३५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका–४ पारिजात टोल बस्ने शेर बहादुर राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com