२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

युक्रेन नै शान्ति वार्ताबाट पछि हटेको राष्ट्रपति पुटिनको आरोप

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले युक्रेनसँगको शान्तिवार्तालाई अस्वीकार नगरेको बताएका छन् । एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रुसले युक्रेनसँगको शान्ति वार्तालाई कहिल्यै अस्वीकार नगरेको बताउँदै उल्टै युक्रेन नै वार्ता प्रक्रियाबाट पछि हटेको आरोप लगाए । जी २० नेताहरूको शिखर सम्मेलनमा भर्चुअल सम्बोधनमा पुटिनले सैन्य कारबाही जनताका लागि दुःखद भएको बताएका थिए । उनले भने, ‘यो त्रासदीलाई कसरी रोक्ने भनेर विश्वले सोच्नुपर्छ ।’

केही नेताहरूले आफ्नो भाषणमा युक्रेनमा रुसको निरन्तर आक्रामकता भन्दै लगाउने गरेको आरोपबाट आफू स्तब्ध भएको पनि बताए । ‘विश्वलाई सामूहिक र सर्वसम्मत निर्णयको आवश्यक छ । संसार कठिन चरणबाट गुज्रिरहेको छ । विश्वव्यापी आर्थिक वृद्धिका नयाँ केन्द्रहरू देखा परिरहेका छन्। विश्वव्यापी लगानी, व्यापार, उपभोग एसिया, अफ्रिका, ल्याटिन अमेरिकी क्षेत्रहरूतर्फ सर्दैछ।

अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र, ऊर्जा र खाद्य सुरक्षामा समस्या बढ्दै गएको छ । रूसले यस क्षेत्रमा आफ्ना सबै दायित्वहरू पूरा गर्दछ ।’ पुटिनले भनेका छन् । पुटिनले दिगो विकास लक्ष्य (एसडीजीएस) को सन्तुलित उपलब्धि, पृथ्वीको जलवायु संरक्षण, जैविक विविधता र विश्व अर्थतन्त्रको डिजिटल रूपान्तरणमा रूसले योगदान दिन जारी राख्ने कुरामा जोड दिए । यस्तै पुटिनले रुस पनि जी २० भित्रका गम्भीर समस्या समाधान गर्न मिलेर काम गर्न तयार रहेको प्रतिवद्धता पनि जनाए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com