२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, सोमवार पेसी

काठमाडौं, २१ जेठ । रौतहटको गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आइतबार दर्ता भएको रिटको पेसी सोमवार तोकिएको छ । त्रिभुवन साहसमेतले रिट दर्ता गरेका हुन् । ७ चैत २०६३ मा भएको सो घटनामा २८ जनाको मारिएका थिए ।

रौतहटको गौरस्थित राईसमिलको चौरमा मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादीले कार्यक्रम राखेपछि भएको झडपमा २७ जनाको घटनास्थल र एकजनाको उपचारका क्रममा निधन भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com