२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौ, २८ असार । आज प्रतिनिधिसभा अन्तर्गतका तीन समितिहरूको बैठक बस्दै छन् । संसद सचिवालय सिंहदरबारमा कृषि, सहकारी तथा प्राकृति स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको बैठक बिहान ११ः ३० बजे समितिको सभा हलमा बस्ने छ । बैठकमा भूमि व्यवस्था सम्बन्धी वर्तमान समस्या तथा समाधानका विषयमा छलफल हुनेछ ।

त्यस्तै, पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक पूर्वाधार समितिको सभाहलमा बस्ने छ । आजै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक युवा तथा खेलकुद मन्त्रालयको वर्तमान अवस्थाका विषयमा छलफल हुने जनाइएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com