२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न व्यवसायीको आग्रह

काठमाडौ, २८ जेठ । सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारसँग माग गरेको छ । सुनचाँदी व्यवसायमा आबद्ध तीनवटै महासंघले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले सरकारको यो निर्णय सुनचाँदी व्यवसायीको हितविपरीत भएको ठहर गरेको छ । सरकारले विदेशबाट आउने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने तथा त्यसमा पनि रसायनसहितका गरगहना हुनुपर्ने नीति अवलम्बन गरेकोप्रति पनि व्यवसायीले विरोध जनाएका छन् ।

उनीहरुले भन्सार दरमा गरिएको अस्वाभाविक वृद्धिका कारण नेपाली सुनचाँदी व्यवसायमा नकारात्मक असर पर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवसायीले सुनचाँदी भन्सार दरलाई पुनरावलोकन गरी विश्व व्यापार संगठनको प्रावधानअनुरुप खुला आयात नीति लागू गर्न माग गरेका छन् ।

राज्यले विभिन्न बहानामा व्यवसायी र आम उपभोक्ता माथि कर थोपर्ने नीति लिएकोले त्यसको व्यवसायीहरुले बिरोध जनाएका छन् । त्यसैगरी, बजेटले सुनचाँदीको आयातमा लाग्ने भन्सार दरमा ५० प्रतिशत वृद्धि गरेको छ । परम्परागत र रैथाने ब्यवसायलाई प्रवर्द्धन गर्ने भनिएको बजेटको नीतिको ठीक विपरित हुने गरी यो व्यवसायमा थप २ प्रतिशत विलासिता कर समेत लगाउने घोषणा गरेको व्यवसायीको आरोप छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com