२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

सिटिजन्स म्युचुअल फन्ड-२ को नगद लाभांश खातामा जम्मा

काठमाडौ, २५ असोज । सिटिजन्स म्युचुअल फन्ड–२ ले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ ।फन्डले इकाइ धनीलाई असोज ८ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो ।

यता, फन्डको योजना व्यवस्थापक सिटिजन क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइ धनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।

यसका लागि इकाइ धनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ ।

खाता अद्यावधिक गरे पछि मात्र लाभांश जम्मा हुने सिटिजन क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९-८० को नाफाबाट फन्डले कर सहित ८% नगद लाभांश वितरण गरेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com