२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम रहन्छ : अर्थमन्त्री महत

काठमाडौ, १२ असार । जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् । आज प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाएका विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा.महतले आफू लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै आम नागरिकले निष्पक्ष र भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक निर्वाचनमा भाग लिन पाउने मान्यताप्रति सरकार विचलित नहुने उल्लेख गरेका छन् ।

निर्वाचन आयोगको स्वतन्त्र अस्तित्वको पक्षमा आफूहरु अडिग रहेकाले यसमा कुनै शङ्का उत्पन्न हुन नदिन सरकारको सम्पूर्ण कोसिस रहने समेत
अर्थमन्त्री महतले प्रतिबद्धता व्यक्त गरेका छन् । अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेटमा विभिन्न कार्यालयको पुनरावलोकन गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालयको सन्दर्भ उल्लेख गरिएको बताएका छन् ।

अर्थमन्त्री महतले भने, “हामीले निर्वाचन आयोगको स्वतन्त्रतालाई कत्ति पनि तलमाथि पार्न दिँदैनौँ । यो हाम्रो विश्वास हो”, “जिल्ला निर्वाचन कार्यालयहरु अझ स्वतन्त्र र प्रभावकारी बनाउन पहल गरिनेछ, खारेज हुनेछैन ।”यसअघि आजको बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गरी सिडिओ कार्यालयमातहत ल्याउने प्रस्तावको विरोध गरेका थिए । उनीहरुको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com