२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

अहिलेको मुल्यवद्धि नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौ, ११ असोज । अहिलेको मुल्यवृद्धी अस्वाभाविक भएको भन्दै नियन्त्रणका लागि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेकपा एकीकृत समाजवादीको मेची–महाकाली समाजवादी जागरण यात्राका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मुल्यवृद्धि नियन्त्रणका लागि सरकारले सकरात्मक प्रयास नै नथालेको भन्दै असन्तुष्टि पोखेका छन् ।

उनले भने, ‘यसरी जुन मूल्यवृद्धि भईरहेको छ, त्यसलाई नियन्त्रण गर्न सरकारको तर्फबाट राम्रो प्रयत्न भईरहेको देखिँदैन् । भाउ एकैपटक बढाउने कुनै औचित्य छैन्। त्यसमा बढाउन कही छलफल गर्नुपर्ने होला तर आफ्नो हिसाबमा जसरी बढाउने काम भईरहेको छ । यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षण गर्न चहान्छौं।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com