२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

अनिता गिरीको नयाँ गीत ‘साली भेना’ सार्वजनिक (भिडियाेसहित)

गायिका एन्जिला रेग्मी र गायक प्रकाश ढुंगानाको स्वरमा ‘साली भेना’ बोलको नयाँ गीत बजारमा आएको छ । आइतबार सार्वजनिक भएकाे उक्त गीतमा संगीतकार भीम बिसीले संगीत भरेका छन् ।

रमन निरौलाको शव्दमा तयार भएको उक्त गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । देव दोर्जे लामाको निर्देशनमा तयार उक्त गीतको म्युजिक भिडियोमा मोडल अनिता गिरी, कमल सिंह, रितु लामा, रन्जित पौडेल फिचर्ड छन् ।

जीडी क्रिएसन युट्युव च्यानलबाट साभार गरिएकाे उक्त म्युजिक भिडियोमा निर्देशक लामाकै कोरियोग्राफी रहेको छ । दिपेन बस्न्यातले खिचेकाे उक्त म्युजिक भिडियोमा सुरज लामाको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस् : 

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com