२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा सँग बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार ध्रुव प्रसाद अम्गाईंको शब्द शृजना रहेको सार्वजनिक गीतमा संगीतकार राज सागरको संगीत रहेको छ ।  सार्वजनिक गीतको भिडियोमा समीक्षा पोखरेल र कमल सिंहको अभिनय देख्न सकिन्छ ।

निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने जिबेश पौडेलले सम्पादन गरेका हुन्। राष्ट्रिय गीतदेखि सुगम सङ्गीत, लोक विधामा समेत कलम चलाएका गीतकार ध्रुव समाजसेवादेखि राजनीति, व्यवसायमा पनि सक्रिय छन् । भिडियो एम थ्रि मिडिया नेपालबाट बजारमा आएको हो ।

भिडियाे लिंक : https://youtu.be/Uh1jdtWhnLA

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com