२०८१ बैशाख २३ - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख २३
Sun May, 2024

फिल्म एनिमलको क्रेजः बिहान ५ बजेदेखि राती २ बजेसम्म शो चलाइयो

काठमाडौं । रणवीर कपुरको फिल्म एनिमलले उनका फ्यानलाई सताइरहेको छ । सन्दीप रेड्डी वाङ्गाको यो हिंसात्मक फिल्मले दर्शकबाट अत्याधिक प्रतिक्रिया पाइरहेको छ । हलका सबै शो हाउसफुल भइरहेका छन् ।

यो फिल्मले बक्स अफिसमा यति राम्रो व्यापार गरिरहेको छ कि अहिले टिकटको अभाव हुन थालेको छ । हो, मुम्बईमा एनिमलको अवस्था यस्तो छ कि थिएटरहरूमा चलचित्र टिकटको अभाव भएको छ। जसका कारण थिएटर मालिकहरूले अहिले मध्यरात र बिहानी शोका लागि बुकिङ खोलेका छन् ।

अब मुम्बईको थिएटरमा ‘एनिमल’ को शो बिहान १ बजे, २ बजेसम्म र त्यसपछि ५ः३० बजेदेखि सुरु हुनेछन् । यसको मतलब यो हो कि एनिमलका शोहरू थिएटरहरूमा २४ घन्टा नै चलिरहेका छन् ।फिल्मको कलेक्शनको कुरा गर्ने हो भने फिल्मले पहिलो दिन विश्वभर १ सय १६ करोड कमाएर बक्स अफिसको सम्पूर्ण प्रणालीलाई हल्लाएको छ ।

घरेलु बक्स अफिसमा फिल्मले पहिलो दिन ६३.८ करोड र दोस्रो दिन ६६ करोड कमाएको थियो । यी दुई दिनमा एनिमलको कुल कलेक्सन १२९.८० करोड रुपैयाँ भएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com