२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

काठमाडौंबाट चिनियाँ अर्बपति ज्याक मा पाकिस्तान उडे

काठमाडौं, १४ असार । चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान ११ः२५ बजेको फ्लाइटमा ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका हुन् ।

गत मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएका उनी बिहीबार पाकिस्तान प्रस्थान गरेका हुन् । पर्यटक भिषामा नेपाल आएका ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन् । नेपाल बसाइका क्रममा भक्तपुर दरबार स्क्वायर र स्वयम्भूको भ्रमण गरेका उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com