२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

गायक देवेन्द्र बरालको ‘माया गर्छु म’ मा कृष्ण र मिस पवीको अभिनय

काठमाडौं, २३ जेठ । गायक देवेन्द्र बरालको स्वर रहेको माया गर्छु मको भिडियो रिलिज भएको छ । डिपी खनालका शब्द तथा गायक बरालकै संगीत रहेको सार्वजनिक गीतमा बच्छा यादवको एरेन्ज, कुमार केसीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीतमा मोडलद्धय मिस पवी र कृष्ण श्रेष्ठको अभिनय रहेको छ ।

भिडियोले एकोहोरो मायामा परेका प्रेमीको माया र त्यागलाई देखाउन खोजेको छ । प्रेमीले प्रेमिकाको वर्णन गरेर नथाकेको गीतले एकोहोरो मायामा डुब्ने प्रेमीको सफा मन भित्र पलाएको मायालाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

सार्वजनिक गीतमा दाबा तामाङको कोरियोग्राफी रहेको छ भने शंकल भुजेलको छायाकंन तथा मनोज कार्कीको सम्पादन रहेको छ । भिडियो निर्देशक खातीकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

भिडियो लिंकः:https://youtu.be/qTjLFprchzs

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com