२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १८
Tue Apr, 2024

पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुँदै

काठमाडौं । पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुँदैछ । संघका अध्यक्ष बिनोद श्रेष्ठले पोखरा २७ स्थित डाँडाकोनाकमा हुने १९ औं संस्करणको लेखनाथ महोत्सव मार्फत स्थानीय उत्पादन, पर्यटन र उद्योग तथा व्यवसायको प्रवर्द्धन गरिने भनाई राखे ।

महोत्सव सफल बनाउन ९ सदस्यीय निर्देशक समिति, ४२ वटा उपसमिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको जनाइएको छ । महोत्सवमा ३ सय ३४ वटा स्टल रहनेछन् । तीमध्ये अधिकांश स्टल बुकिङ भइसकेको बताइएको छ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु बिक्री तथा प्रदर्शनीमा राखिनेछ ।

महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा।लि।ले मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको छ ।

विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु दर्शकको रोजाईमा पर्ने आयोजकको विश्वास छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com