२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, ७ असार। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला ८ सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com