२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

सानिमा माई हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौ, २४ असोज । नेपाल स्टक एक्सेचन्ज (नेप्से)मा सानिमा माई हाइड्रोपावर लिमिटेको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

हिजो मंगलबारको अन्तिम कारोबार मूल्य ३२७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । मूल्य समायोजन पश्चात भाउ २९७ रुपैयाँ २७ पैसा कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आज बुधबार यसको कारोबार खुला हुनेछ ।

यस कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश गरी कुल १०.५२६३% लाभांश वितरण गर्दैछ । कम्पनीले उक्त प्रस्तावित लाभांश पारित गर्न कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।

साथै, सञ्चालक समिति बैठकले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com