२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो

एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको छ । जाजरकोटको भेरी नगरपालिका स्थित एनआईसी एशिया लघुवित्तका कर्मचारीलाई दुई जना अज्ञात व्यक्तिले कालोमोसो दलेका हुन्।

जाजरकोटका डीएसपी सन्तोष रोक्काका अनुसार १६ फागुनमा मासिक किस्ता उठाउन गएका उक्त लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको हो। उनले भने, “कोलोमोसो पश्चात् ती कर्मचारीको किस्ता उठाएको रकम समेत लुटेका छन्।”

भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका कर्मचारीलाई दुई जना अज्ञात व्यक्तिले किस्ता असुल गरेको रकमसहित कालोमोसो दलेर भागेका थिए। घटनाको अनुसधन शुरु भईसकेको डीएसपी रोक्काले बताएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com