२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

प्री–ओपनमा कतिमा खुल्यो सोनापुर मिनरल्सको कारोबार ?

काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयलको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। नेप्सेले सोनापुरको ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता नेप्सेमा सूचीकृत गरेको हो।

त्यस्तै आज स्पेशल प्रीओपनमा सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडको पहिलो कारोबार भएको छ ।कम्पनीको पहिलो कारोबार तीन सय ५० रुपैयाँमा भएको हो । स्पेशल प्रीओपनमा प्रति कित्ता तीन सय ५० रुपैयाँ नै कम्पनीको दुई सय ९५ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेले दिएको ओपनिङ रेञ्जको उच्चतम् मूल्य ४२६.०३ रुपैयाँ भन्दा करिब ७५ रुपैयाँ कममा कम्पनीको कारोबार खुलेको हो ।

नेप्सेले यस कम्पनीको पहिलो कारोबारको लागि १४२.०१ रुपैयाँ देखि ४२६.०३ रुपैयाँसम्मको ओपनिङ्ग रेन्ज तोकेको थियो । सोनापुरले सर्वसाधारणलाई असोज १४ गतेदेखि निष्काशन तथा बिक्री खुलाएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com